दफा २३
दण्ड सजाय
– दफा २२ को खण्ड खण्डमा उल्लिखित कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ
(क) खण्ड (क) र (ख) बमोजिमको कसूर गर्नेलाई कसूरको गाम्भीर्यता हेरी पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(ख) खण्ड (ग), (झ), (ञ), वा (ट) बमोजिमको कसूर गर्नेलाई कसूरको गाम्भीर्यता हेरी पाँच हजार रुपैयाँँदेखि दश हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(ग) खण्ड (घ), (ङ), (च), (छ), वा (ज) बमोजिमको कसूर गर्नेलाई कसूरको गाम्भीर्यता हेरी दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(घ) निरीक्षण, परीक्षण वा उपचारको सिलसिलामा निरीक्षक वा कार्यालय प्रमुखले त्यसबाट पर्ने असर समेतलाई आधार मानी दिएको आदेश उल्लंघन गर्ने व्यक्तिलाई कार्यालय प्रमुखले पाँच हजार रुपैयाँँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।